आज डिसेम्बर २५ अर्थात क्रिसमस पर्ब येशू ख्रीष्टको जन्मको स्मरणार्थ मनाउने वार्षिक चाड आज संसार भरीका इसाइ धर्मावलम्बीले भब्यताका साथ मनाउने गर्दछ्न।
आजका दिन अर्थात डिसेम्बर २५ लाई विश्वभरि अरबौं मानिसहरुको माझमा धार्मिक एबम सांस्कृतिक उत्सवको रूपमा समेत मनाउने गरिन्छ। आजका दिन सन्सारका धेरै देशहरुमा सार्बजनिक दिने चलन रहेको छ।
पछिल्लो समय इसाईमात्र नभएर गैर-इसाई हरुले सांस्कृतिक रूपमा यस पर्बलाइ मनाउने गरिन्छ। नेपालमा पनि पछिल्ला केहि बर्षहरुमा यसलाइ एउटा पर्बकै रुपमा मनाउने चलन बढेको छ।
हुन त नेपाल आफैंमा बहुधार्मिक एबम बहु सांस्कृतिक भएको देश भएकोले हरेक धर्मको चाड पर्बलाइ उत्तिकै सम्मान गर्ने गरिन्छ। आज देशभर इसाई धर्मावलम्बीहरुलाइ सार्बजनिक बिदा दिइएको छ।






