काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार आठ सय १९ पुगेको छ।
पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएकामध्ये पाँच सय जनाको नतिजा पोजेटिभ आएको छ। ८४० जना निको भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ४९ हजार एक सय ३२ पुगेको छ। संक्रमितको जम्मा संख्या दुई लाख ५७ हजार सात सय पुगेको छ।
हालसम्म क्वारेन्टिनमा तीन सय ६९ जना छन् भने ६ हजार सात सय ४९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।






