मकवानपुर : मनहरी गाउँपालिका ८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १२७ किलो अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अन्सारी रहेका छन्।
ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी डालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।






