जनकपुरधाम : जनकपुरधामकी एसिडपीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बिहीबार मुख्यमन्त्री लालबाबु राउतले पीडित साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।
आरतीलाई मुख्यमन्त्री राउतले अस्पतालमै पुगेर आर्थिक सहयोग गर्ने आश्वासन दिएका थिए। घोषणा गरिएको करिब सात महिनापछि सहयोग रकम प्रदान गरिएको हो।
प्रदेश सरकारले आरतीलाई कार्यालय सहयोगीको जागिर दिने यसअघि नै गरिएको घोषणा भने अझै पूरा गरिएको छैन। मुख्य न्यायाधिवक्ताको कार्यालयमा ०७८/७९ को आर्थिक वर्षदेखि जागिर दिने आश्वासन दिइएको छ।






