पाल्पा: पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका –१ खोरबारीमा गएराती खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ।
बगनासकाली स्वास्थ्य चौकी नजिकै रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले जानकारी दिनु भएको छ। ।
अनुसन्धानका क्रममा उक्त नवजात शिशु तानसेन नगरपालिका- १४ घर भई बगनासकाली बस्ने २६ बर्षीया हुमा कुमारी दर्जीको रहेको खुल्न आएको छ।
निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु भएको पाल्पा प्रहरीले जनाएको छ ।






