Home / Nepal / News / झापामा शव व्यवस्थापनमा स्काउटको टोली

झापामा शव व्यवस्थापनमा स्काउटको टोली

झापा : नेपाली सेनासँगको सहकार्यमा झापा जिल्लामा पहिलोपटक कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ।

कोरोना संक्रमितको मृत्युदर तीव्र हुँदै जाँदा सेनाले प्रशिक्षण दिएपछि पहिलोपटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो। स्काउट प्रदेश नम्बर–१ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो ।

जिल्लामा दमक, गौरादह, शिवसताक्षी नगरपालिका, गौरीगन्ज, कमल गाउँपालिकामा रामप्रसाद पौडेल, बिर्तामोड, कनकाई, अर्जुनधारा नगरपालिका, झापा, बुद्धशान्ति गाउँपालिकामा केशी श्रेष्ठ, मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिकाका लागि भने अरुण बस्नेतलाई कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि संयोजकको रूपमा स्काउटले तोकेको छ।

एक वर्षको अवधिमा कोरोना संक्रमणबाट जिल्लामा २२५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका स्रोत व्यक्ति जीवन चौलागाईंले बताए । जिल्लामा शनिबार मात्र सातजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *