Home / Nepal / कविता- ब्यासमा सम्झना

कविता- ब्यासमा सम्झना

लेखक-सोमनाथ दाहाल

चन्द्र संकृत माध्यमिक विद्यालय धरान १६

सम्पुर्ण गुरुवरहरुमा समर्पित (शार्दूलविक्रीडित छन्द)

ज्ञानीको ममता समेत बढुवा जो हुन्छ ती मान्यमा
आफैं ज्ञान दिने छ ती प्रखरको त्यो प्राप्ति भो धन्यमा ।
केही स्वार्थ कतै प्रलोभन कुनै त्यो छैन है दुर्मना
मेरो दर्शन सर्व पूज्य गुरुमा ती व्यासमा सम्झना ।।

जो हाम्रो गुरु अन्धकार सबको पन्साउने ज्ञान छ
हाम्रो मास्टर अन्य सोच नगरी पैसा भनी कुर्दछ ।
सोच्ने इज्जत आज सर्व गुरुको गर्दैछु है कामना
मेरो दर्शन सर्व पूज्य गुरुमा ती व्यासमा सम्झना ।।

जो अज्ञान थियो सबै गुरु बनी चाल्ने सरी चाल्दिने
अज्ञानी जनको अजान सब जो ती शिष्यको नास्दिने ।
ती माता र पिता दुवै सरहका त्यो ज्ञानको जन्मना
मेरो दर्शन सर्व पूज्य गुरुमा ती व्यासमा सम्झना ।।

कोही मानिस सीप सिक्न जरुरी पर्नेछ ती मानव
यस्तो मानवको विचार लिनुमा घट्नेछ है दानव ।
यस्तो व्यक्ति भएर भूमिमा रहने गर्दैछु यो कामना
मेरो दर्शन सर्व पूज्य गुरुमा ती व्यासमा सम्झना ।।

राम्रो संस्कृत हो मुहार रसिलो जो पढ्छ संस्कार हो
पढ्दा ज्ञान दिने विशाल गुरु ती संसार आकारको ।
धेरै दुःख गरी दिने घटभरी गर्दैछु यो साधना
मेरो दर्शन सर्व पूज्य गुरुमा ती व्यासमा सम्झना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *