Home / Politics / अनेरास्ववियूद्वारा प्रतिगमनविरुद्ध बागबजारमा राँके जुलुस

अनेरास्ववियूद्वारा प्रतिगमनविरुद्ध बागबजारमा राँके जुलुस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको मुद्दालाई लिएर बागबजारमा बुधबार साँझ राँके जुलुस निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध अनेरास्ववियूले लगातार प्रदर्शन, आन्दोलन गर्ने क्रममा पार्टीको निर्देशनमा बुधबार देशभर एकसाथ राँके जुलुस निकालेको जनाएको छ।

अनेरास्ववियूले राँके जुलुसका दौरान प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अनेरास्ववियूका विद्यार्थीहरुले नाराबाजीसमेत गरेका थिए। जुलुसमा सहभागीले विद्यार्थीहरुले प्रतिगमनको निर्णय नसच्याएसम्म निरन्तर आन्दोलन गरिरहने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *