काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली सुदुरपश्चिम प्रदेशको कञ्चनपुरतर्फ लागेका छन्। दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर जान लागेका हुन्।
उनी बिहान ११ बजे बालुवाटारबार निस्किएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए।
प्रधानमन्त्री कंचनपुर जाने भएपछि त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ।






