Home / Society / पाल्पामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

बिहीबार बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश–०३–००१–००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना भने सामान्य घाइते थिए । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । – रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *