चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत फेला परेको छ।
बिहीबार दिउँसो कसरा सेक्टरको मेघौली रेञ्जपोष्टको आन्द्रौलीघाट क्षेत्रमा करिब २५–३० वर्षको गैंडा मृत भेटिएको हो। उक्त भाले गैंडा प्राकृतिक कारण मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिृकत लोकेन्द्र अधिकारीले जानकारी दिए।
मृत गैंडा कालगतिले मरेको हुन सक्ने र खाग र खुर सुरिक्षत रहेको उनले बताए।






