Home / Nepal / News / किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

काठमाडौं : किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन्।

आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन्।

उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।

उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *