Home / Nepal / कञ्‍चनपुरमा एकैदिन २६ जना नयाँ कोरोना संक्रमित थपिए

कञ्‍चनपुरमा एकैदिन २६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । कञ्‍चनपुरमा एकैदिन २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा कञ्‍चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताले जारी गरेको विज्ञप्तिमा बेलौरीका पाँचजना, बेल्डाडीका आठजना र शुक्लाफाँटाका १३ गरी २६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा यो प्रयोगशालामा २८५ जनाको कोरोना जाँच गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

यसअघि हिजो साँझसम्म कञ्‍चनपुरमा ४८६ जना संक्रमित थिए । २६ जना थपिएसँगै संक्रमितको संख्या ५१२ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *