SocietySports

जन्मदिनको खर्च कटाएर फुटबल खेलाडीलाइ जर्सी सहयोग

मानिसहरु आफ्नो जन्मदिन मा बिभिन्न ठाउँमा घुम्नजाने तथा रमाइलो गरेर वा साथी हरुलाइ पार्टी गरेर मनाउने गर्दछन। तर मोरङ जिल्लाको लेटाङ नगरपालिका स्थित फडानि टोलका एक युबाले स्थानिय फुटवल क्लबका खेलाडीलाइ जर्सी हस्तान्तरण गरेर जन्म दिन मनाएका छन।

मोरङको लेटाङ नगरपालिकाको लाफा युबा क्लबलाइ स्थानिय युवा सन्जोग पौडेलले जर्सी वितरण गरेका हुन् । आफ्नो बाल्यावस्थामा फुटबल खेल्दाको अनुभब सेयर गर्दै पौडेलले आफुँले अलि अलि कमाउन थालेपछी सहयोग गरौं भन्ने भवना पैदा भएको र आगामी दिनमा समेत यस्ता सहयोग निरन्तर गरीरहने बताउनु भएको छ।

पौडेलले खेलक्षेत्रमा लागेका खेलाडीलार्इ प्रोत्सान गर्नको लागी आफुले थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुशि व्यक्त गरे।

उनले क्लबले खेलकुदका माध्यम बाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले क्लबलाई सहयोग गरिएको बताएका छन।

युबा समाजसेवी पौडेलले यसअघि पनि आफ्नो क्षमता अनुसारको सहयोग गर्दै आएको र आगामी दिनमा पनि विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *