Home / Nepal / १५ हजार शुल्कमा कोरोना टेस्ट भन्ने खबर गलत : स्वास्थ्य मन्त्रालय

१५ हजार शुल्कमा कोरोना टेस्ट भन्ने खबर गलत : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना संक्रमण परिक्षणका लागि १८ भन्दा बढी प्रयोगशालाबाट परिक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बुधबार मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो । ल्याबबाट गरिने परिक्षण पिसिआर विधि हो ।

सोही अवसरमा डा.देवकोटाले स्वेच्छिक परिक्षण गर्न चाहने व्यक्तिलाई छुट्टै स्वास्थ्य संस्थाबाट परिक्षण गर्न सकिने निर्णय भएकोमा १५ हजार शुल्क तोकेको भन्ने भ्रम फैलाउने खालको समाचार केही अनलाईनहरुले सार्वजनिक गरेको प्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्ष भएको जनाएको छ ।

मन्त्रि स्तरिय निर्णयबाट स्वदेशी तथा विदेशीहरुले पैसा तिरेरै लाईनमा नबसी परिक्षण गराउने माग गरेकाले मंगलबार स्वेच्छिक परिक्षण गर्न सक्ने निर्णय गरेको भएपनि स्वास्थ्य संस्था र शुल्क भने नतोकिएको अवस्थामा मनगणन्ते शुल्क तोकेको बिषयमा मन्त्रालयले ध्यानाकर्षण भएको भन्दै बुधबार विज्ञप्ती जारी गरेको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा.देवकोटाले मिडियाले आज सम्म जसरी सघाउँदै आएका छन भोलिका दिनमा पनि सही सत्य सूचना दिएर सघाउने विश्वास लिएको बताउनुभयो ।

मन्त्रालयले आज नयां थपिएका संक्रमित २५ जना सहित ४ सय २७ जना पुगेको जानकारी गराउनुका साथै स्वास्थ्य मन्त्रालयको हिजोको निर्णयमा स्वेच्छिक परिक्षण गर्न माग गर्नेका लागि सहज बनाएको भएपनि स्वास्थ्य संस्था र शुल्क तोकि नसकेको अवस्थामा शुल्क समेत राखि केही अनलाईनले दिएको समाचारलाई खण्डन गर्दै ध्यानाकर्ष भएको जनाएको छ ।

साथै क्वारेन्टाईनमा बस्नेले पालना गर्नुपर्ने नियमका बारेमा पनि सूचना सार्वजनिक गरिएको छ ।

मन्त्रालयबाट जारी विज्ञप्तिको पूर्ण पाठ :

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *