Home / Society / पाल्पामा आफ्नै बहिनिलाइ ७ बर्स सम्म निरन्तर बलत्कार

पाल्पामा आफ्नै बहिनिलाइ ७ बर्स सम्म निरन्तर बलत्कार

बुटवल: पाल्पाको तिनाउ गाउँपालिका -२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको ।

सात वर्षदेखि १४ वर्षको उमेरसम्म आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा हाडनाता करणीको मुद्दा परेपछि घटना बाहिर आएको हो।

सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पिडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको र अहिले बुबा आमाको मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ ।

‘ म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन , विस्तारै ठूली हुँदा बुबा आमालाई पीडा हुन्छ की भनेर मौन रहें ‘ , पीडित महिलाले भनिन् , ‘ अहिले बुवा आमा पनि बित्नुभयो र आँट गरेर उजुरी हालें ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *