काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका ४ का ५२ वर्षीय श्यामकुमार श्रेष्ठ छन्।
पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाको बैकिङ कसुरसम्बन्धी जाहेरीअनुसार उनलाई पक्राउ गरिएको हो।
श्रेष्ठ सीतापाइला सडकखण्डमा कार्य सम्पन्न गरे बापतको रकम दिनुपर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको एक करोड ३६ लाख १० हजार दुई सय ८८ बराबरको चेक दिई बैंकिङ कसुर मुद्दामा फरार रहेको महाशाखाले जनाएको छ।






