Home / Society / हाम्रो टिम नेपालद्वारा खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण

हाम्रो टिम नेपालद्वारा खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण

कोभिड-१९का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

थापाथलीस्थित प्रसूति गृहपछाडि खाना खान आएका मानिसहरुलाई सोमबार हाम्रो टिम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको हो । ट्राउजर, थर्मकोटलगायत न्यानो कपडा वितरण गरिएको हाम्रो टिमले जनाएको छ  । न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुसी भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकामा उनीहरुले हाम्रो टिम नेपालप्रति खुसी व्यक्त गरेका हुन् ।हाम्रो टिमका उमेश बोहोराले विभिन्न संघ-संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिनायता खाना खुवाउँदै आएको बताए । अहिले भने चिसो बढेका कारण विभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ । 

कोभिडका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिलाई हाम्रो टिम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *