काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर नौ जनाको मृत्यु भएको हो ।
सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । हालसम्म कुल कोरोना संक्रमितको शून्य दशमलव ६२ प्रतिशतको मृत्यु भएको छ ।






