काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रुप लिएपछि कै पछिल्लो २४ घण्टामा सबैभन्दा कमको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ५०४ जनाको मृत्यु भएको छ ।
अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६१७ जनाको मृत्यु भएको थियो ।
अघिल्लो २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा ११३ जना कमको मृत्यु भएको छ । अमेरिकामा क्रमशः मृत्यु हुनेको संख्या कम हुँदै गएको छ ।
महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामा २५ सयभन्दा धेरैको दैनिक ज्यान जाने गरेको थियो ।
न्युयोर्क सहरमा मात्रै दैनिक हजार जनासम्म मृत्यु हुने गरेको थियो । अहिले उक्त सहरमा मृत्यु सयभन्दा कममा झरीसकेको छ ।
अमेरिकामा कोराना संक्रमण र मृत्यु दरमा कमी आए पनि नियन्त्रणमा भने आएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण तिव्र गतिमा नियन्त्रण भइरहे पनि केही क्षेत्रमा भने संक्रमणको उत्तिकै खतरा रहेको बताएका छन् ।
उनले अब लकडाउनमा छुट दिँदै पुरानै अवस्थामा फर्किनु पर्ने बताउँदै आएका छन् ।
उनले सुरु देखि नै राज्य सरकारहरुलाई लकडाउन नगर्न दबाब दिँदै आएका थिए । तर उक्त अधिकार आफूसँग सुरक्षित रहेका कारण राज्य सरकारहरुले नागरिकलाई अपिल गर्दै सामाजिक दूरी कायम गर्न घरमै बस्न आग्रह गर्दै आएका थिए ।
अमेरिकामा तत्काल बन्द उद्योग कलकारखाना तथा व्यावसाय खोल्न आग्रह गर्दै दैनिक प्रदर्शन हुँदै आएको छ ।
अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित देश हो । यहाँ हालसम्म १७ लाख ६ हजार १५७ जनामा संक्रमण देखिसकेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ७२१ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८८ हजार २८७ संक्रमित थपिँदा अमेरिकामा १९ हजार ७२१ नयाँ संक्रमितको पहिचान भएको हो ।