काठमाडौं : लामो विवादपछि वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरिएको छ।
वाग्मती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भएलगतै प्रशासनतर्फका सचिवको नेतृत्वमा रहने व्यहोराको दरबन्दी तेरिज प्रकाशन भएपछि विवाद उत्पन्न भएको थियो। मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव रहुनपर्ने भन्दै वाग्मतीका स्वास्थ्यकर्मीले विरोध गरेपछि प्रदेश सरकाले निर्णय परिवर्तन गरेको थियो।
नयाँ दरबन्दीअनुसार ११औँ तहका स्वास्थ्य सेवातर्फका सचिव रहने गरी २५ जनाको दरबन्दी स्वीकृत गरिएको थियो । सोही निर्णयानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार खड्कालाई वाग्मतीको स्वास्थ्यसचिव नियुक्त गरेको हो । खड्का यसअघि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख थिए ।






