Home / Nepal / अस्ट्रेलियाको तीन राज्यमा जनस्वास्थ्य संकटकाल

अस्ट्रेलियाको तीन राज्यमा जनस्वास्थ्य संकटकाल

नोभल कोरोना भाइरस (कोभिड-१९)को महामारी नियन्त्र गर्न अस्ट्रेलियाको तीन राज्यमा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ।

आइतबार संघीय सरकारले घोषणा गरेको नियमहरूलाई कडाइका साथ लागू गर्ने भन्दै भिक्टोरिया, अस्ट्रेलियन टेरिटोरी (एसिटी) क्यानबेरा र दक्षिण अस्ट्रेलिया (एडिलेड)मा संकटकाल घोषणा गरिएको हो।

आइतबार प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलिया प्रवेश गर्ने सबैले दुई हप्ता ‘सेल्फ आइसोलेशन’मा बस्नुपर्ने बताएका थिए।

सेल्फ आइसोलेशनमा बस्नैपर्ने सरकारी नियमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले संकटकालको घोषणा गरिएको राज्य प्रमुखहरूले बताएका छन्।

संकटकाल घोषणा भएपछि स्वास्थ्य अधिकारीहरूले दिएको निर्देशन पालना नगर्नेहरूलाई जरिबाना र हिरासतमा राख्नसक्ने र मानिसहरूको चहलपहल नियन्त्रण सम्म गर्नसक्ने छ।

भिक्टोरिया राज्यमा कोभिड १९ संक्रमितको संख्या ७१ पुगेको छ।

राजधानी क्यानबेरा (एसिटी)मा भने संक्रमितको संख्या दुईजना भएपछि जनस्वास्थ्य संकटकालको घोषणा गरिएको राज्यप्रमुखले बताए।

यसैबीच दक्षिण अस्ट्रेलिया (एडिलेड)मा पनि संकटकाल घोषणा भएको छ। एडिलेडमा २० जनामा कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *