Home / Nepal / मौरीपालन व्यवसायमा आत्मनिर्भर बन्दै वालिङका किसान

मौरीपालन व्यवसायमा आत्मनिर्भर बन्दै वालिङका किसान


परम्परागत शैलीमै मौरीपालन व्यवसाय गर्दैै आउनुभएका वालीङ नगरपालीका १३ उदियाचौर स्याङजाका किसान आफ्नै पुख्र्यौली पेशामा रमाउन थाल्नुभएको छ ।

गाँउको खोरीया बारीलाई कोरीया बनाउन सकिन्छ भन्ने उदारण बन्नुभएको छ वालीङ १३ उदियाचौर स्याङजाका खेमप्रसाद पाठक यति बेला मौरीसंग खेल्ल रुचाउने पाठक २०३६ सालदेखी मौरीपालन गर्दै आउनु भएको छ ।

अहिले उहासँग ७५ मौरीका घार छन् । एक घारमा बर्षको १५ किलो मह उत्पादन हुन सक्ने पाठकले बताए । मह बिक्री गरी बर्षमा ५ देखी ६ लाख सम्म आम्दानी गर्दै आएको पाठकको अनुभब छ ।

पुरानै सैलीको मुडे घारमा मौरी पाल्दै आउनुभएका पाठक सम्बन्धित निकायवाट आधुनिक घार उपलब्ध गराएर अनुदान तथा आबश्यक तालीम पाए अझ मौरीपालन थप गर्ने सोचमा हुनुहुन्छ ।


मिसावटरहित शुद्ध मह उत्पादनले बजारमा माग ह्वात्तै बढेको छ ।

युवापुस्ता शहरी क्षेत्र तथा बिदेशतिर लागेपछी पाकापुस्ता मात्रै गाउमा रहेको समयमा पाठकको यो ब्याबसायले हातमा केही न केही सिप भय जिबन निर्वाह गर्न समस्या छैन भन्ने उदारण बन्न सफल हुनुभएको छ ।


प्रस्तुती : हिमाल न्यौपाने

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *