Home / Nepal / News / अब क्यूआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न सकिने

अब क्यूआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर कोर्डबाटै ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था मिलाउने भएको छ।

आज दिउँसो १ बजेदेखि क्यूआर कोर्डबाटै जरिवाना तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो।

महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जरिवानामा पर्ने चालकलाई क्यूआर कोर्ड भएको रसिद दिइनेछ । चालकले मोबाइलबाट क्यूआर कोर्ड स्क्यान गरी तत्काल जरिवाना तिर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *