Home / Nepal / News / चलचित्र लाइफ इन एलएको गीत सार्वजनिक

चलचित्र लाइफ इन एलएको गीत सार्वजनिक

काठमाडौं : अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र लाइफ इन एलएको गीत रिलिज सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पागल प्रेमी बोलको गीत सार्वजनिक गरिएको छ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा प्रस्तुत छ । चलचित्रमा समावेश पहिलो गीतको भिडियोमा डेव्यु अभिनेता ब्यास बिस्सु, अकेशा बिष्ट र शिल्पा मास्के फिचर्ड छन् ।

एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चलचित्रमा गौरव पहारी, बुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ । कोरोना महामारीको स्थिति सामान्य रहे निर्माण टिम आगामी दशैंको आसपास रिलिज गर्ने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *