काठमाडौं: मोबाइल निर्माता कम्पनी एप्पलले पहिलो फाइभजीमा आधारित आइफोन टुबेल सिरिज सार्वजनिक गरेको छ।
मंगलबार राती आयोजित आईफोन टुबेल लञ्च कार्यक्रममा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले २०२० को आईफोन सिरिज फाइभजि कनेक्टिभिटी हुने जानकारी दिए।
आईफोन टुबेल सिरिजमा भेरिजोनको फाइभजी अल्ट्रा वाइड ब्याण्ड रहेको छ, जसले एकदमै कम लेटेन्सी दिनेछ भने आइफोन टुबेल तीनवटा रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
आइफोन टुबेल डिस्प्ले साइज भने आइफोन ११ को जस्तै ६.१ इन्चको रहेको छ। तर, यो आइफोन ११ भन्दा सानो हलुका र पातलो रहेको छ। यसमा रहेको डिस्प्ले सेरामिक ग्लास युक्त रहेको छ जसले यसलाई अझ क्लियर र बलियो बनाएको छ।
सेरामिक्स ग्लासलाइ जुनसुकै स्मार्टफोन ग्लासभन्दा बलियो मानिन्छ। यो अन्य ग्लासहरु भन्दा चार गुणा बढि बलियो हुन्छ।
आइफोन १२ सिरिजमा भाएको फाइभजी एकदमै फ्लेक्जिबल छ जसले फाइभजी आवश्यक नभएको समयमा यो स्वतः एलटीइमा स्विच गरेर ब्याट्री सेभ गर्छ भने आवश्यक परेको समयमा यो फाइभजीमै रहने प्रबिधी रहेको छ।






