दाङ : दाङमा राष्ट्रिय युवा संघले कालो बेलुन उडाएर संसद् विघटनको विरोध गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि राष्ट्रिय युवा संघले दाङमा कालो बेलुन उडाएर विरोधमा आन्दोलन गरिरहेको हो।
संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरोज पन्तले प्रतिगमनको विरोधमा कालो बेलुन उडाइएको बताए।




