Home / Nepal / मोरङ जिल्लाभरीका सवै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका लागि बन्द

मोरङ जिल्लाभरीका सवै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका लागि बन्द

विराटनगर, ५ जेठ : कोरोना महामारीका कारण संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाभरीका सवै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका लागि बन्द गर्न पत्राचार गरेको छ ।

राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सवै बैंकिङ क्रियाकलाप बन्द जिल्लाभर संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न समेत आग्रह गरिएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले भने अनलाइन सेवा तथा मोबाइल बैंकिङ कारोबारमा चर्को शुल्क लिंदै आएका छन् ।

राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसल्न निर्देशन दिएको थियो । यसपटक भने अनलाइन कारोबारमा शुल्क लिन छुट दिंदै राष्ट्र बैंकले बैंकहरुकै पक्षपोषण गरिरहेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै आएपनि यसअघि बैंक तथा वित्तीय संस्थाहरु भने आलोपालो गरेर खुल्दै आएका थिए ।

बैंकिङ कारोबारका लागि बैंक नै पुग्ने बानीमा परिवर्तन नभएका कारण भिडभाड बढेर संक्रमणको जोखिम कायमै रहेको भन्दै पछिल्ला दिनमा बैंक बन्द गर्न दबाब परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *