काठमाडौं : नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा:नेपाल ११४१ आयोजना हुने भएको छ।
नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवा हुन लागेको हो।
१५औं संस्करणको मिस नेवा : नेपाल ११४१मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दै छन्।
मिस नेवा : का प्रतिस्पर्धीहरुले वेष्ट स्कीन, वेष्ट हेयर र वेष्ट पर्सनालिटी टाएटल जित्ने छन्।






