Home / Nepal / News / बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ५५ वर्षीय मणिकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–६, इमाडोल बस्ने उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो।

अनुसन्धानको क्रममा थापाले घर्–जग्गाको काम गर्ने सिलसिलामा विभिन्न व्यक्तिहरुसँग रकम लिई सोबापत विभिन्न बैंकको चेक काटिदिने र सोपश्चात् बैंकमा पैसा जम्मा नगरी सम्पर्कविहीन हुने गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त सातदोबाटोमा थापा बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *