Home / Nepal / News / बिरगंजमा लकडाउन हटे संगै ब्यापारीक चहलपहल सुरु।

बिरगंजमा लकडाउन हटे संगै ब्यापारीक चहलपहल सुरु।

वीरगन्ज: लामो समयको लकडाउन पछि प्रदेश नम्बर दुईको सबै भन्दा ठूलो ब्यापारीक सहर बिरगंज हिजो बाट खुलेको छ। कोरोना संक्रमण वृद्धि घटेपछि शुक्रबारबाट सबैखालका पसल खुले संगै चहलपहल सुरु भएको छ।

कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए।

सुरक्षा सतर्कता व्यापारी आफैले अपनाउनुपर्ने सर्तमा बजारका पसल खुलाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

पसल बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। सागसब्जी र तरकारीका पसल भने हरेक दिन बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।
यद्यपि बिद्यालय सिनेमाहल जिमखाना मठ मन्दिर भने खोलिएको छैन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *