Home / Nepal / News / डब्ल्युएचओले चीनको पक्षमा काम गरेको आरोप लगाउदै ट्रम्पद्वारा अलग भएको घोषणा

डब्ल्युएचओले चीनको पक्षमा काम गरेको आरोप लगाउदै ट्रम्पद्वारा अलग भएको घोषणा

ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिका अलग भएको घोषणा गर्नुभएको छ ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको र सुधार हुनेतर्फ कुनै चासो नदेखाएकाले यसबाट अमेरिका अलग हुने घोषणा गर्नुभएको हो ।

डब्ल्यूएचओलाई दिदै आएको आर्थिक सहयोग अब विश्वको जनस्वास्थ्यमा लगानी गर्ने उहाँको भनाई छ ।

‘चीनको अपराधको सजायँ अहिले पूरै विश्वले भोगिरहेको छ’, ‘चीनमाथि आरोप लगाउँदै ट्रम्पले भन्नुभयो–‘चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो जसका कारण १ लाखभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनु पर्‍यो ।

चार करोड डलर दिने चीनसँग मिलेर ४५ डलर दिने अमेरिकालाई विश्व स्वास्थ्य संगठनलेले धोका दिएको ट्रम्पको आरोप छ ।

चीनले सुरुमा कोराना भाइरसबारे विश्वलाई गुम्राहमा राखेको र यस कार्यलाई विश्व स्वास्थ्य संगठनले साथ दिएको आरोप ट्रम्पले शुक्रबार पनि दोहोर्‍याउनुभयो । ‘हामीले भनेका थियौं की विश्व स्वास्थ्य संगठन सुध्रिन जरुरी छ, तर ऊ उध्रिन मानेन’ ट्रम्पले भन्नुभयो ।

शुक्रबारको पत्रकार सम्मेलनमा हङकङको सवाल समेत उठाएर चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको थियो ।

अमेरिका डब्ल्यूएचओको स्थापनाकाल देखिकै सबैभन्दा ठूलो दाता हो ।

अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो ।

२०१९ को डिसेम्बरको अन्त्यमा चीनको युहानबाट एक माछा एक बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले भाइरस मानव निर्मित नभई प्राकृतिक रहेको बताइसकेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *