Home / Politics / कस्तो हुन्छ बहुल रास्ट्र राज्य? के हो बहुल रास्ट्र राज्य भनेको?

कस्तो हुन्छ बहुल रास्ट्र राज्य? के हो बहुल रास्ट्र राज्य भनेको?

राममणी बराल
राष्ट्र राष्ट्रियता र राज्यको परिभाषा दिने युरोप केन्द्रित पद्धति हो बहुल राष्ट्र राज्य। मानिसको जन्मसँगै उसले प्राप्त गर्ने जात, धर्म, वर्ण, भाषा, अनुहारको आकार, छालाको रंग जस्ता पहिचानलाई राष्ट्रियताको आधार मानेर त्यहीअनुसारको कुनै पनि राष्ट्र बैधानिक राज्यमा विकसित हुन पाउने मान्यता यस पद्धतिले राख्दछ।

यस सिद्धान्त बमोजिम दुई वा दुई भन्दा फरक जात भाषा या छालाको रङ भएको समूदायहरु विभिन्न कारणहरु देखाई एकापसमा सँगै रहन नसक्ने गरी फरक-फरक राज्यको स्थापना गर्न सक्छन भन्ने मान्यता राख्दछ।

उदाहरणका लागि युरोपियन देश चेकोस्लोभियालाइ हेर्न सकिन्छ। चेक र स्लोभाक जातिहरूको राष्ट्रियता मिलेर चेकोस्लोभिया नामको राज्य स्थापना भएको थियो। भाषा र छालाको रंग फरक भएर पनि विभिन्न बाध्यता कारण यी दुई जातिहरु सँग बस्न बाध्य भएका थिए।

विभिन्न बाह्य वातावरण को प्रभावमा परी सन् १९९३ पछि भाषा, जात, वर्ण र क्षेत्रको आधारमा उनीहरुमा सामाजिक विवाद उत्पन्न भयो त्यसको फलस्वरुप अहिले यि दुवै जाति आफ्नो आफ्नो स्वतन्त्रता लिएर चेक रिपब्लिक र स्लोभाकिया नामक दुई राज्यमा विभाजन भएर बसेका छन्।

नेपालको सन्दर्भमा पनि नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतो लगायतका तराइ मधेस केन्द्रित दलका नेताहरुले नेपाललाई बहुल राष्ट्र राज्यको रुपमा दाबी गर्नुको अर्थ पनि यहि किसिमको रहेको छ।

समग्र पहाडका मानिस र समग्र तराइका मानिसहरूको छालाको रङ, बोल्ने भाषा, जातीय संस्कृतिका, भौगोलिक अवस्थाका आधारमा नेपालमा दुइटा राष्ट्रियता भएतापनी सम्झौता का आधारमा एउटै राज्यमा बस्न बाध्य भएको हो उनीहरुको दाबी रहेको छ। यसले सरासर नेपाललाई विखण्डनको दलदलमा फसाउने निश्चित छ।

नेपालमा १२१ वटा भाषाभाषी हरु छन्। १२५ वटा जातजाति हरु छन् ,विभिन्न धार्मिक सम्प्रदाय हरु छन् ।नेपालका हरेक समाजहरु बिबिधता युक्त छन्। यसरी सामाजिक अन्तरघुलन भइसकेको नेपाल जस्तो देशमा कुनैपनी राजनैतिक दल वा त्यसका नेताहरुले बहुल राष्ट्र राज्यको सिद्धान्त लाद्न सक्छु भन्नू दिवा सपना देख्नु सरह हो।

नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधता युक्त देश हो। यी सबै खालका भाषिक समुदाय, जातीय समुदाय, धार्मिक समुदायलाई राष्ट्रियताकाको आधार मानेर नेपाललाई बहुल राष्ट्र राज्य दाबी गर्नु एक त प्रतिगमन हो भने अर्को कहिल्यै नटुंगिने द्वन्द र संघर्ष निम्त्याउने षड्यन्त्र हो।

राज्यका जिम्मेवार व्यक्तिहरुबाट नै यस्ता किसिमका अभिव्यक्तिहरु आउनु भनेको देशमा सामाजिक द्वन्द र राजनीतिक अस्थिरता निम्त्याउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *