काठमाडौं : चर्चित हास्य हास्य कलाकार हरिवंश आचार्य र मिलन नेवारको स्वरमा रहेको गीत ‘ए कालु भेना’को भिडियो सार्वजनिक गरिएको छ।
कलाकार हरिवंश आचार्य पछिल्लो समय गायनमा पनि सक्रिय भएका छन्। उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलिको लेउ’ केही समय अगाडि मात्रै सार्वजनिक भएको थियो।
‘ए कालु भेना’ बोलको गीतमा हरिवंश कै शब्द र संगीत रहेको छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग छ । भिडियोमा हरिवंश आचार्यसँगै नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल फिचर्ड छन्।
भिडियो निर्देशक गम्भीर बिष्टले गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।






