काठमाडौं । मेलबर्नमा तीन सातासम्म लकडाउन गरिएपनि अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी आएको छैन् ।
पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । ७२३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।
अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार सोमबारको अपेक्षा भिक्टोरियामा ३६ प्रतिशतले सङ्क्रमितको संख्यामा वृद्धि भएको छ ।
मेलबर्न शहरमा ७ जुलाई देखि लकडाउन गरिएको छ । अधिकारीहरुले लकडाउन थप्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
प्रकोप सुरु भएको पहिलो महिनामा अत्यन्तै कडाइ र तिक्ष्णरुपमा सङ्क्रमणलाई नियन्त्रणमा लिएको अष्ट्रेलियामा पछिल्लो पटक अचानक सङ्क्रमितको संख्या बढ्दो छ ।
अष्ट्रेलियामा १६ हजार सङ्क्रमित र १८९ जनाको मृत्यु भएको थियो ।
तर मेलबर्नमा प्रकोपको रुप लिएपछि यसै महिना मात्रै सात हजार नयाँ सङ्क्रमित थपिएका छन् ।
जुन कोभिड–१९ को दोस्रो तरङ्गमा राष्ट्रिय आँकडाको करिब ९५ प्रतिशत हुन आउँछ ।






