Home / World News / भाइबरले ल्यायो नयाँ जीआईएफ फिचर

भाइबरले ल्यायो नयाँ जीआईएफ फिचर

काठमाडौं । भाइबरले नयाँ जीआईएफ फिचर थपेको जनाएको छ । भाइबरले आफ्ना प्रयोगकर्ताका लागि एक विशेष प्रकारको जीआईएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको जनाएको हो ।

जसको सहायताले प्रयोगकर्ताले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जीआईएफ सिर्जना गरेर पठाउन सक्ने जनाइएको छ ।

विश्वभरमा तत्काल मेसेजिङको माग बढिरहेको अवस्थामा नयाँ जीआईएफ फिचर भने भाइबरले गत महिना मात्र सुरु गरेको २५० जनासम्म सामूहिक च्याट गर्ने र २० जनासम्मको  भिडियो कल गर्ने सुविधायुक्त विशेषतामा थप एक अर्को सुविधा भएको जनाइएको छ ।

नयाँ जीआईएफ क्रिएटर आईओएसमा सुरु भइसकेको र एन्ड्रोइडमा अर्को सातादेखि सुरु हुने कम्पनीले जनाएको छ ।

कुनै पनि च्याटमा भाइबर प्रयोगकर्ताले एपमा रहेको नयाँ क्यामराको सहायताले छोटो भिडियो रेकर्ड गरेर वा उनीहरुको ग्यालरीबाट रोजेर त्यसलाई बुमर्‍याङ, छिटो चल्ने वा रिभर्स चल्ने रमाइलो जीआइर्एफमा परिवर्तन गर्न सक्नेछन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *