Home / Nepal / कामदारका नाममा नक्कली फर्म दर्तागरी ६५ करोडको भ्याट छली

कामदारका नाममा नक्कली फर्म दर्तागरी ६५ करोडको भ्याट छली

काठमाडौं : राजस्व अनुसन्धान विभागले आर्थिक अवस्था नाजुक भएका श्रमिक तथा मजदुरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही, धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै सोमबार उच्च अदालतमा मुद्दा दायर गरेको हो।

१३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदुर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको र उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि आव २०७५/७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजस्व चुहावट गरेको पाइएको छ।

भ्याटतर्फ २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश पाँच करोड २० लाख ४५ हजार ६९२ रुपैयाँ बराबरको चुुहावट गरेको पाइएको छ अनुसन्धानमा पाइएको छ।

अनुसन्धान विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *