Home / Nepal / चट्याङमा परि दुई महिलाको मृत्यु

चट्याङमा परि दुई महिलाको मृत्यु

दाङ । चट्याङमा परि रोल्पामा शुक्रबार दुई महिलाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

चट्याङ लागेर ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । चट्याङले दुवैजना बेहोस भएका थिए । 

चट्याङ लागेपछि बेहोस भएका दुबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको अस्पतालकी प्रमुख डा धनमाया घर्तीमगरले जनाइन् । 

प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङले बेहोस भएको खबर पाइएपछि प्रहरी घटनास्थल पुगेको थियो । एम्बुलेन्स नभएपछि गाउँपालिकाको जीपमा राखेर अस्पताल ल्याइएको हो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *