Home / Society / कोभिड १९ का कारण नोबेल मेडिकल कलेज बिराटनगरमा सुनसरीका दुइ जनाको मृत्युु

कोभिड १९ का कारण नोबेल मेडिकल कलेज बिराटनगरमा सुनसरीका दुइ जनाको मृत्युु

विराटनगर: विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरी हरिनगरा गाँउपालिका ४ का ७१ वर्षीय बृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

फोक्सो सम्बन्धी पुरानो समस्याबाट पीडित बृद्धको शनिबार राति करिब सवा १० बजे मृत्यु भएको हो।

त्यसैगरि, दुहबी ३ की महिलालाई फोक्सो सम्बन्धी समस्या र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ४० वर्षीय महिलाको सनिवार राती ११ बजे तिर मृत्यु भएको हो। बुधबार उनीहरु दुबै जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *