Home / Nepal / News / नेपालमा कोरोनाका कारण थप दुईजनाको मृत्यु

नेपालमा कोरोनाका कारण थप दुईजनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १०९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमतिको कुला संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ। त्यस्तै २४ घण्टामा देशभरबाट ३५० जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर दुई हजार ७७९ जना आइसोलेसनमा तथा १०९ जना क्वारेन्टिनमा छन्।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *