Home / Nepal / गुल्मीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आइतबार बिहान दुईजनाको मृत्यु भएको छ।

रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत् मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *