Home / Nepal / News / सिराहामा पोखरीमा डुबेर एकै परिवारका दुईजना बालकको ज्यान गयो

सिराहामा पोखरीमा डुबेर एकै परिवारका दुईजना बालकको ज्यान गयो

लाहान: सिराहा जिल्ला नरहा गाउँपालिका- ३ खोरियामा पोखरीमा डुबेर एकै परिवारका दुइ दाजु भाइको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँ निबासी गुलजार सेखका छोरा १० वर्षीय अनजार ८ वर्षीय यहसान छन।

सोमबार दिउँसोतिर घर नजिकै रहेको पोखरीमा उनिहरुको शब फेला परेको थियो। मृत्युको कारण पोखरीमा डुबेर भएता पनि पोखरी जानुको कारण भने पत्ता लागेको छैन।

मृतक दुबै जनाको शव परिक्षणका लागी लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय सिराहाले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *