बाँके- बाँकेमा दुई पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन्।
नरैनापुर गाउँपालिका ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट दुईथान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउन्ड गोलीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका २०, मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाउँ र नेपालगन्ज उपमहानगरपालिका १९, वासुदेवपुर बस्ने ३३ वर्षीय इब्राहिम बेहना छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।






