Home / Nepal / News / स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने दुई पक्राउ

स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने दुई पक्राउ

वाग्मती : वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ।

शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्यभन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउँदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो।

साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो।

सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्दा चलाइने जनाइएको छ। उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *