Home / Nepal / News / फरार दुईजना प्रतिवादी पक्राउ

फरार दुईजना प्रतिवादी पक्राउ

कञ्चनपुर : अदालतबाट दोषी ठहर भई फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।

चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेस गरी कारागार चलान गरिएको छ।

त्यस्तै लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *