Home / Sports / टोकियो ओलम्पिक: जुडोकी सोनिया भट्ट रुसी खेलाडी इरिना डोल्गोभा सँग पराजीत

टोकियो ओलम्पिक: जुडोकी सोनिया भट्ट रुसी खेलाडी इरिना डोल्गोभा सँग पराजीत

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन ।

शनीबार सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरेकी उनी जुडोको विश्व बरियतामा १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छिन । भट्ट डोल्गोभासित इप्पोनको आधारमा पराजीत भएकी हुन।

भट्ट सो खेलमा विपक्षी खेलाडी सँग७६ सेकेण्डमा नै बाहीरिएकी थिइन । वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक जितेकी थिइन ।

आजै भएको सुटिङ अन्तरगतको अर्को खेलमा नेपालकी कल्पना परियार पनि पराजित भएकी छिन । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *