Home / Society / काठमाण्डौ उपत्यकाको आजको तापक्रम १ दसमलब ३ डिग्री सेल्सियस मापन यस बर्षकै न्युन

काठमाण्डौ उपत्यकाको आजको तापक्रम १ दसमलब ३ डिग्री सेल्सियस मापन यस बर्षकै न्युन

काठमाण्डौ: आज काठमाण्डौ उपत्यकाको तापक्रम यस बर्षकै सबैभन्दा कम मापन गरीएको छ।

आज बिहान ६ बजे काठमाडौंको तापक्र १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेकोमा आज घटेर १ दशमलव ३ डिग्री हुन आएको हो।

तापक्रम अझै घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको ।

यसै गरीआज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने र अन्य ठाँउहरुमा भने मौसम सामान्यतया सफा रहेको ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *