दाङ: मंगलबार राती लमही भालुवाङ सडक खण्ड अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा भएको सबारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ।
पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादाँ उक्त दुर्घटना भएको हो। दुर्घटनामा ट्रक समेत पल्टिएको थियो भने मोटरसाइकल नराम्ररी क्षती भएको थियो।
उक्त दुर्घटनामा परी मृत्युु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षीय दिनेश घर्ती रहेका छ्न।
मृतक तीनैजनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।






