विराटनगर : महेन्द्र मोरङ क्याम्पसको ६७औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारीलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ।
सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी छन् । यसैगरी, कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरियो।





