Home / Nepal / News / मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ परेका छन्।

ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निगरानी गर्दै आएको थियो। त्यसपछि पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनै जनालाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ। भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *